• https://chimpgroup.com/theme/https://projectissime.com/http://bezgemorroya.info/http://g2b.com.br/https://coral.ciimar.up.pt/https://zarrinit.com/http://g2b.com.br/https://www.halid.net/https://richpsych.com/https://tahatoy.com/https://kemhanenergy.com/https://asura77.my/https://zarrinit.com/biografy/
  • Nepal Gas :: नेपाल ग्यास पब्लिक कम्पनी बन्दै, देशकै ठूलो ग्यास कम्पनीले अरु उद्योग मर्ज गर्दै आइपीओ ल्याउने

    नेपाल ग्यास पब्लिक कम्पनी बन्दै, देशकै ठूलो ग्यास कम्पनीले अरु उद्योग मर्ज गर्दै आइपीओ ल्याउने

    /assets/uploads/news/2025-07-23-10-30-43-2021-08-30-01-27-45-Nepal-Gas-(1).jpeg

    अहिले नेपाल ग्यास दुई कम्पनीबाट सञ्चालित छ। नेपाल ग्यास इन्डस्ट्रिज प्रालि र नेपाल ग्यास इन्डस्ट्रिज (नारायणी) प्रालि। नेपाल ग्यासले २०७५ वैशाखमा १५ करोड रुपैयाँमा नारायणी ग्यास किनेको थियो त्यसलगतै तारा ग्यास समेत किनेको थियो।

    अविनाश समूहले ८ वर्ष अघि ८८ करोड रुपैयाँमा नेपाल ग्यास किनेको थियो। नेपाल ग्यास किनेपछि डेढ अर्ब लगानी थपिसकेको छ। बालाजुमा ‍औद्योगिक क्षेत्र भित्र रहेको ग्यास प्लान्टमा हजार टन क्षमता पुर्‍याएको छ भने धनुषा, चितवन र बाँकेमा प्लान्ट स्थापना गरेको छ।

     आफ्नो मुनाफा सर्वसाधारणले पनि पाउने गरी नेपाल ग्यासलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने काम सुरु भइसकेको अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्टले बताए। 'पब्लिक कम्पनीमा लैजाने सोचसहित काम सुरु गरिसकेका छौं। विज्ञहरुको टिमले नेपाल ग्यासले कसरी आइपीओ जारी गर्नेसहित अन्य प्राविधिक पक्षका बारे अध्ययन गरिरहेको छ,' उनले भने।

    कम्पनीप्रति सर्वसाधरणको विश्वास कति छ भनेर नाप्न आइपीओ फलदायी हुने उनको बुझाइ छ। नेपाल ग्यास पब्लिक कम्पनीमा गएर आइपीओ जारी गरे नेपालका लागि यो नै पहिलो ग्यास उद्योग हुनेछ।

    आइपीओ जारी गरे बुक बिल्डिङ प्रक्रिया मार्फत् गर्ने हो? भन्ने बिजमाण्डूको प्रश्नमा विष्टले कम्पनीको बुकले जे दिशानिर्देश गर्छ सोही अनुरुप अघि बढ्ने जवाफ दिए। आइपीओ जारी गरेर पुँजी कति पुर्‍याउने, कति सेयर सर्वसाधारणलाई दिनेलगायतका विषयमा विज्ञहरुले अध्ययन गरेिरहेको कम्पनीले जनाएको छ।

    ग्यास कम्पनीहरुलाई धरौटीलगायतका अन्य विषयले घाटा बढाइरहेको तर्फ उनले ऐन कानून परिवर्तनशील रहेकाले समस्या समाधान हुने बताए। घाटा न्यूनीकरण गर्न सरकारले ध्यान दिँदै व्यापारीलाई विश्वास नगरेसम्म देशको अर्थतन्त्र चलायमान नहुने विष्टको धारणा छ।

    ग्यास उद्योगलाई अटोमेसनमा लैजान सुरुवात गर्ने श्रेय नेपाल ग्यासलाई नै जान्छ। कुनै पनि कारणले ग्यास आपूर्तिमा अवरोध आए १०/१२ दिन काठमाडौंको माग धान्ने संयन्त्र नेपाल ग्यासको रहेको विष्टले बताए। 

    कुनै कारणले ग्यासको माग अत्यधिक भएमा पनि दुई/तीन दिनमै ब्याकअप क्लियर गर्ने सामर्थ्य नेपाल ग्यासको रहेको दाबी कम्पनीको छ। 

    नेपाल ग्यास इन्डस्ट्रिज प्रालिको चुक्ता पुँजी करिब दुई करोड र नेपाल ग्यास इन्डस्ट्रिजको (नारायणी) को चुक्ता पुँजी जम्मा २४ लाख ३० हजार रुपैयाँ छ। कम चुक्ता पुँजीसहित पब्लिक कम्पनीमा गएर आइपीओ जारी गर्ने मनस्थितिमा नेपाल ग्यास व्यवस्थापन छैन। त्यसैले नेपाल ग्यास एउटै कम्पनीको क्षमता २० हजार टन पुर्‍याएर मात्रै आइपीओ जारी गर्ने मुडमा देखिएको छ।

    नेपाल ग्यासले अहिले करिब पाँच हजार टन हाराहारी ग्यास बिक्री गर्दै आएको छ। पुँजी र क्षमता बढाउन नेपाल ग्यासले अन्य ग्यास उद्योगहरुसँग मर्जरका लागि कुराकानी अघि बढाएको छ। नेपालमा ग्यास उद्योगहरुको संख्या धेरै भएको र मर्ज भएको अवस्थामा उत्पादन लागत समेत कम पर्ने आकलन गरिएको छ।

    'सिलिन्डर क्लेम गर्ने अवधि तोकौं'

    नेपाल ग्यासले निश्चित वर्षपछि ग्यास सिलिन्डरको क्लेम नपाउने व्यवस्था गरे उद्योगहरुको नाफामा सुधार हुन सक्ने जनाएको छ। अहिले घाटामा रहेका ग्यास कम्पनीहरुलाई यसले नाफामा लैजान सहयोग पुग्ने कम्पनीको दाबी छ। भारतमा पनि सात वर्षपछि सिलिन्डरको क्लेम नपाउने प्रावधान छ। 

    काठमाडौं उपत्यकामा मात्रै नेपाल ग्यासको ९ लाख सिलिन्डर रहेको कम्पनीले जनाएको छ। घाटा खाएर सिलिन्डर बिक्री गर्नुको साटो बरु भएका सिलिन्डर झिकाउने नेपाल ग्यासको तयारी छ। 

    ग्यास कम्पनीहरु घाटामा हुनुको मुख्य कारण तीन सय टन ग्यास बिक्री गर्नेकोमा जति कामदार छन्, तीन हजार टन बिक्री गर्नेको पनि उही रहनु भएको ग्यास व्यवसायीहरुको विश्लेषण छ। 

    मर्ज भएको अवस्थामा थोरै कर्मचारी थपेर बढी उत्पादन गर्न सकिने उनीहरुको तर्क छ। नेपाल ग्यासले आवासीय भन्दा व्यापारिक प्रयोजनलाई प्राथमिकता राख्दै अघि बढ्ने बताइएको छ। हाउजिङ, उद्योगलगायतका क्षेत्रमा ग्यासको खपत बढाउने रणनीति कम्पनीको छ।

    नेपाल ग्यासले अहिले मेटल सिलिन्डर र कम्पोजिट सिलिन्डरका ग्यास बिक्री गर्दै आएको छ। नेपाल ग्यासको ग्राहकको संख्या पाँच लाख भन्दा बढी रहेको र देशभर ५१७ वटा डिलर रहेको कम्पनीले जनाएको छ। देशका दुई सयभन्दा बढी स्थानमा नेपाल ग्यास पाइन्छ।